बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालयको सख्या थपियो, विना विभागिय मन्त्री चित्रकारलाई उद्योग मन्त्रालय
हेटौंडा । बागमती प्रदेशमा गठवन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको सख्या थपिएको छ । सत्ता गठवन्धन भित्र भागवण्डा मिलाउनकै लागि मन्त्रालयको सख्या थपिएको हो । लामो समय देखि विना भिागिय मन्त्रीका रुपमा काम गर्दै आएका रामकृष्ण चित्रकारलाई भएको मन्त्रालय फुटाएर उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेशका विनाविभागीय मन्त्री चित्रकारले फुटाएको मन्त्रालय सम्हाल्ने हुनु भएको हो । मन्त्री नियुक्त भएको ७७ दिनपछि उहाँले जिम्मेवारी प्राप्त गर्नुभयो । सत्ता गठवन्धन दलहरु भित्र माओबावदीका मन्त्रीले सम्हालेको भौतिक मन्त्रालय फुटाउनुपर्छ भन्ने कांग्रेस र कांग्रेसका मन्त्री थप भएकाले कांग्रेसलेनै सम्हालेको मन्त्रालय फुटाउनुपर्छ भन्ने माओबादीका कारण ७७ दिन देखि जिम्मेवारी विहिन रहेका मन्त्री चित्रकारले बल्ल आज मन्त्रालय प्राप्त गर्नुभयो ।
माओबादी मन्त्रीहरुले आफ्ना मन्त्रालय फुटाउन नदिने भएपछी कांग्रेसलेनै सम्हालेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाइएको हो । जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभयो ।
लामो समयदेखि जिम्मेवारी विहीन अवस्थामा रहँदै आएका उहाँलाई प्रदेश सरकारले मन्त्रालय विभाजन गरी जिम्मेवारी सुम्पेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । वाग्मती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी उक्त मन्त्रालय खडा गरिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद रहँदै आएको थियो ।
सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेले मन्त्रालय विभाजनसँगै आफ्नो प्रतिबद्धताबाट पछाडि हट्नुभयो । चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता हुनुहुन्छ । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।







