नेप्से ३० इन्डेक्सको निर्माण: चयन प्रक्रिया, त्रुटि र समाधान

जनपत्र
२० श्रावण २०८०, शनिबार ११:४८

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नयाँ इन्डेक्स (सूचकांक) बनाउने प्रस्ताव गरेको छ।​ प्रस्तावित नयाँ इन्डेक्सलाई उसले ‘नेप्से ३०’ नाम दिएको छ। मापदण्ड पुगेका​ मध्येबाट उत्कृष्ट ३० ​कम्पनीहरू​को स्टकलाई समावेश गरेर यो इन्डेक्सको निर्माण हुने भएकाले यसलाई ‘नेप्से ३०’ नामकरण गरिएको बुझ्न सकिन्छ।

स्टक एक्सचेन्जले मिति २०८० वैशाख २० मा एक सूचना जारी गरी प्रस्तावित नेप्से ३० मा समावेश गरिने स्टकको छनोटका आधार, चयन प्रक्रिया र गणना विधिको मस्यौदा प्रकाशित गरेको थियो। साथै सम्बन्धितहरूबाट राय-सुझावको लागि सार्वजनिक अनुरोध समेत गरेको थियो। राय-सुझावको लागि स्टक एक्सचेन्जले प्रस्तुत गरेको दस्तावेज हेर्दा यति महत्वपूर्ण र जिम्मेवारीपूर्ण कार्य विना तयारी, हतार र हचुवाको भरमा प्रस्ताव गरेको प्रष्ट हुन्छ।

कुनै एक-दुई व्यक्तिको आधा-अधुरो ज्ञान, विना जानकारी र अध्यनको आधारमा इन्डेक्स निर्माण र व्यवस्थापन गर्न खोज्दा स्टक एक्सचेन्जप्रतिको दैनिक खस्किंदो साख र विश्वसनीयता झनै रसातलमा पुग्ने देखिन्छ।

स्टक एक्सचेन्जले जसरी नेप्से ३० छनोटका आधार र गणना विधिको प्रस्ताव गरेको छ त्यो अत्यन्तै अव्यावहारिक, अवैज्ञानिक र त्रुटिपूर्ण देखिन्छ। ​मस्यौदामा थुप्रै त्रुटि छन्।

त्रुटिपूर्ण प्रक्रियाबाट बनेको इन्डेक्स​ ​त्रुटिपूर्ण ​मात्र हुँदैन, त्यसमा आधारित भएर भविष्यमा बन्ने इन्डेक्स फण्डस्, अपसन्स्, फ्युचर्स, स्ट्रकचर्ड प्रडक्टस् जस्ता वित्तीय साधनहरू पनि त्रुटिपूर्ण हुन्छन्। ​यस्ता साधनहरूको खरिद/बिक्रीमा कसैले अत्यधिक गुमाउने र कसैले अत्यधिक कमाउने विभेदपूर्ण अवस्था आउँछ।

यस्ता वित्तीय साधनमा लगानी गर्दा कसैलाई हानि-नोक्सानी भएमा कानुनी प्रक्रियामा जान सक्ने र सोपश्चात् क्षतिपूर्ति समेत दिनुपर्ने अवस्था आउन सक्छ।​ प्रस्तावित नेप्से ३० त्रुटिपूर्ण इन्डेक्स नबनोस् र विभेदपूर्ण वित्तीय साधन नहोस् भन्ने हो भने पूँजीबजारका विज्ञ र तथ्यांकशास्त्रीहरू सम्मिलित एक समिति गठन गरी सो समितिले अध्ययन र अनुसन्धान गरेर सुझाव गरे​पश्चात् मात्र यसलाई प्रयोगमा ल्याइनुपर्छ। यत्तिकै ल्याउनु त्रुटिपूर्ण ​हुन्छ।

प्रस्तावित नेप्से ३० इन्डेक्स निर्माण प्रक्रियामा के के त्रुटिहरू छन्? त्रुटिपूर्ण इन्डेक्सले भोलि के के समस्या ल्याउन सक्छ? नेप्से ३० लाई कसरी त्रुटिरहित, निष्पक्ष र लगानीको बराबर अवसर प्रदान गर्ने इन्डेक्स बनाउन सकिन्छ? यो कसरी सही र सर्व-स्वीकार्य हुनसक्छ ? यस आलेखमा इन्डेक्स निर्माणका यिनै विविध पक्षबारेमा विवेचना हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*