हेटौंडामा आकासियो टमाटरको भाउ, प्रतिकेजी १५० रुपैयाँमा बिक्री

जनपत्र
२० श्रावण २०८०, शनिबार ०९:१९

हेटौंडा । केही दिनदेखि जिल्लामा टमाटरको मूल्य १५० सय रुपैयाँ पुगेको छ। हेटौंडाका तरकारी बजारमा टमाटरको भाउ बढेपछि खान नसकिने भएको उपभोक्ताहरु बताउँछन्।

केही दिन यता टमाटरको मुल्य अत्यधिक बढेको छ । पहिलेको तुलनामा किसानले पनि टमाटरको राम्रो मुल्य पाएका छन् । तर, उपभोक्ताहरु भने मारमा परेका छन् । जेठ अन्तिमसम्म एक सय रुपैयाँमा ५ केजीसम्म टमाटर किनेका हेटौंडाका उपभोक्ताहरु अहिले भने टमाटरको मुल्य अत्यधिक बढेकोमा खरिद गरेर खान नसक्ने भएकोमा चिन्तित छन् ।

यहाँका उपभोक्तालाई टमाटरको भाउ बढेको देख्दा पत्याउनै मुस्किल परेको छ। यसरी टमाटरको भाउ बढ्नुमा तराई क्षेत्रमा टमाटर नहुनु भएको तरकारी हेटौंडाका थोक व्यापारीको भनाइ छ।

मकवानपुर लगायतका जिल्लामा उत्पादन भएको टमाटर तराइका जिल्लामा र भारत सम्म निकासी हुँदा यसको मुल्य निकै बढेको तरकारी तथा फलफूल व्यावसायी संघ मकवानपुरका महासचिब सन्तोषी बतौला बताउनुहुन्छ । यहाँको टमाटर भारत निर्यात हुँदा पनि टमाटरको भाउ अचाक्ली बढेको उहाँले बताउनुभयो ।

टमाटर बाहेक अन्य सबै तरकारीको भाउ यथावत् छ। बजारमा १५० सय रुपैयाँमा कारोबार भइरहेको टमाटर हेटौंडाको चौकिटोलमा रहेको सब्जीमण्डीमा भने १४० रुपैयाँमा थोक मुल्यमा बिक्री भइरहेको छ।

नेपालको सामान भारतमा जाँदा किसानले राम्रो मूल्य पाएको भन्दै राम्रो भएको व्यावसायीहरु बताउँछन् । पानीका कारण सबै टमाटर डुबानमा पर्दा मरेको हुँदा अहिले तत्काल उताबाट आउने सम्भावना नभएको र अहिले पहाडी क्षेत्रबाट मात्र आउने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*