यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक: डा पोखरेल

जनपत्र
२० श्रावण २०८०, शनिबार ०६:५३

यौन जीवन र यौन रोगबारे सबैले शिक्षा लिनुपर्ने डा सुबोधकुमार पोखरेलले बताएका छन्। नेपालमा यौन स्वास्थ्यको वर्तमान अवस्थाको विषयमा नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा डा पोखरेलले यौन जीवन र यौनरोगबारे उमेर अनुसारको शिक्षा दिन आवश्यक रहेको बताएका हुन्।

नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीको संस्थापक अध्यक्ष समेत रहेका पोखरेलले आफ्नो पछिल्लो पुस्तक यौनका कुरा मार्फत यौन मनोविज्ञान र यौन समस्या तथा तीनको समाधानबारे उल्लेख गर्दै यौन शिक्षा प्रदान गरेको बताए।

डा पोखरेलले यौन लाज वा छाडा हो भन्ने बुझाइलाई परिवर्तन गर्दै यौन शिक्षा सबैलाई प्रदान गर्न आवश्यक रहेको तर्क गरे। उनले यौनरोग मानसिक समस्याको रुपमा मात्र बुझ्ने गरिएको भन्दै यौनरोग शारीरिक समस्या पनि भएको र यसबारे बुझ्न र उपचार गराउन आवश्यक रहेको बताए।

यौन शिक्षाको कमिले मानिसहरुले आफुमा भएको यौनसमस्या तथा रोगबारे सहि जानकारी र समयमा उपचार गराउन नसकेको उनको धारणा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*