राष्ट्रियसभाका अध्यक्ष चढेको हेलिकोप्टर आकस्मिक अवतरण

मौसम प्रतिकुलताका कारण राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।बागलुङको ढोरपाटन पुगेका उनी पोखरा जाने क्रममा मौसम प्रतिकुल भएपछि रुकुमपूर्वमा हेलिकोप्टर अवतरण गरिएको प्रहरीले जनाएको छ ।
मौसममा आएको प्रतिकूलताका कारण हेलिकोप्टर भूमे गाउँपालिका–६ महतको आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।