राजीनामा दिएका घाेराही–८ वडाध्यक्ष डेढ महिनापछि काममा फिर्ता

जनपत्र
१८ श्रावण २०८०, बिहीबार १४:४३

दाङ – दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाह अध्यक्ष पदबाट राजीनामा दिएको झन्डै डेढ महिना पछि पुनः काममा फर्किनुभएकाे छ ।

उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिनुभएको थियो । वडाका लागि पर्याप्त बजेट विनियोजन नभएकाे भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । वडाध्यक्ष शाहले राजीनामा दिए पनि उहाँको राजीनामा भने स्वीकृत भएको थिएन ।

उपमहानगरपालिकाले उहाँको विकास योजनाको मागलाई सम्बोधन गर्ने सहमति भएपछि उहाँ आज बिहीवारदेखि काममा फर्किनुभएको हो । गएकाे पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*