मनहरीमा २५१ वटा बृक्षारोपण
हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ कमिटी मकवानपुरद्वारा आज बृक्षारोपण गरिएको छ । संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मुल नाराका साथ मनहरीमा बृक्षारोपण गरिएको हो ।
एक युवा,पाँच बिरुवा भन्ने नाराका साथ एक महिने वृक्षारोपण कार्यक्रम अन्तर्गत आज निर्माणाधीन मनकामना मन्दिर परिसर मनहरी बजारमा २५१ वटा फलफुल लगायतका बिरुवाहरु वृक्षारोपण गरी सम्पन्न गरिएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नबिन सुवेदी, युवा संघका जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो ।










