युवासंघ मकवानपुरको पदाधिकरी बैठक, ८ वटा पालिकामा अभिवेशन सक्ने निर्णय

जनपत्र
१७ श्रावण २०८०, बुधबार ११:२४

हेटौंडा । राष्ट्रिय युबा संघ नेपालको ४ महीने अभियान अन्तर्गत हेटौड़ामा संघको मकवानपुर जिल्ला कमिटीको पदाधिकारी बैठक सम्पन्न भएको छ। संघका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशका उत्प्रेरक सिता सूबेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

बैठकमा संघका सचिब जय गुरुंगको बिशेष आतिथ्यता, नेकपा एमाले पार्टी जनसंगठन समन्वय संयन्त्रका सहइन्चार्ज द्वय आरती पाठक, रमिला सापकोटा, एमाले मकवानपुरका युबा इन्चार्ज सन्तोष चौलागाईं, संघका हेटौड़ा उपमहानगर इन्चार्ज निरोज पौडेल, बागमती प्रदेश कमिटीका कोषाध्यक्ष नरेन्द्र भण्डारी लगाएतको उपस्थिती रहेको थियो।

बैठकले आउँदो असोजको १३ र १४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशन सम्पन्न गर्न बाक़ी रहेका मकवानपुरका ८ वटा पालिकाहरुमा भाद्र १५ सम्म अधिवेशन सम्पन्न गरी सक्ने निर्णय गरिएको छ । एक पालिका एक रचनात्मक अभियान संचालन गर्ने, “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” एक युवा, पाँच बिरुवा राष्ट्रीय अभियान, पालिक स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, १६ देखि २४ वर्ष उमेरका युबाहरू लाई संगठनको सदस्यता वितरण गर्ने लगाएत अभियानका कार्यक्रमहरू सञ्चालन गरीने भएको छ।

युबालाई समाजप्रति सचेत उत्तरदायी र जिम्मेवार बनाउने उद्देश्य साथ यो अभियानको शुरूवात गरीएको छ। युबालाई राष्ट्र र राष्ट्रियता प्रति वफादार र ईमानदार दलको पहिचान गरी राजनीतिमा जोडिन आभ्हान गर्ने र नेकपा एमालेको गरेका काम र पार्टीले अवलम्बन गरेको नीति, बिधी र सिद्धान्तको व्यापक प्रचार प्रचार गरी २०८४ मा नेकपा एमाले लाई प्रथम पार्टी बनाउन ब्यापक युबा परिचालन गर्ने युवासंघका उपाध्यक्ष सिता सूबेदीले बताउनुभयो । बैठक युवासंघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*