‘हिँड्दा हिँड्दै’ ट्रेलरमा आकाशको सलोनसँग मित्रता, रेखासँग प्रेम

जनपत्र
१७ श्रावण २०८०, बुधबार ०६:३१

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको मिलन आले मगर निर्देशित फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अभिनेताद्वय आकाश श्रेष्ठ र सलोन बस्नेतबीचको मित्रतासँगै प्रेममा आउने उतार(चढावलाई देखाउन खोजिएको छ । रेखा शाहको प्रेममा रहेका आकाश एक दुर्घटनापछि टाढिन खोजिरहेको देखिन्छ । सलोनको भूमिका भने चुलबुले स्वभावको छ ।

फिल्ममा आकाश, सलोन र रेखासँगै सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण रहेको छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै, प्रमोद कुमार तामाङ र महादेव शाह सह(निर्मातामा छन् ।

आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू तथा किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज तथा सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्मको कन्टेन्ट बलियो रहेको दाबी गर्दै निर्देशक मगरले युवापुस्ताका दर्शकलाई विशेष मनपर्ने विश्वास व्यक्त गरेका छन् ।

https://www.youtube.com/watch?v=c7KoEiusPfw

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*