सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जनपत्र
१६ श्रावण २०८०, मंगलवार ०७:३९

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ ।

मेलम्ची र इन्द्रावती नदीमा बाढीको  जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ ।

आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्  । यी प्रदेशका केही ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*