हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०६:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर १९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । आज बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहट तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा आफै पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

पूर्ब पस्चिम राजमार्ग अन्तरगत नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा मानविय क्षेती हुन पुगेको हो । मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको एसपी सिंहले जानकारी दिनुभयो । घाईतेहरु मध्य ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र अरु ८ जना चुरेहिल अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*