माछापुच्छ्रे बैंकबाट जिरो प्रतिशत ब्याजदरमा इकोविट विद्युतीय स्कुटर खरिद गर्न सकिने
विश्व बजार नै अहिले विद्युतीय सवारी साधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको छ । वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले यस्तो विकास भइरहेको छ ।
ग्लोबल सेभेन प्रा.लि. इटालियन ब्राण्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको हो । करिब ८ महिना अघि नेपाल भित्र्याईएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षक रहेको कम्पनीले जनाएको छ ।
सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्ने वित्तिकै कमजोर पो छ कि भन्ने आम बुझाइलाई हाम्रा स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन हुने विस्वास कम्पनीले लिएको छ ।
गुणस्तर र डिजाइनमा उत्कृष्ट हुँदाहुदै पनि ग्राहकहरुको चाहनालाई मध्येनजर गर्दै इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुच्छ्रे बैंक लिमिटेडद्वारा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा उपलब्ध गराएको छ ।
ग्राहकको सुविधाको लागि माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङ्गका डेपुटी चीफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कर्जा सुविधा अनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान सक्नेछन् ।
कर्जा सुविधा अनुसार ६ महिनादेखि १८ महिनासम्मको सुविधा उपलब्ध गराउने छ । जस अन्तर्गत ग्राहकले सो वापत व्याज तिर्नु पर्दैन । शुन्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध हुनेछ ।
हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफरसमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । एक्स्चेन्जको सुविधा समेत उपलब्ध रहेको छ ।
स्कुटरको बारेमा,
पहिलो चरणमा इकोविट ब्राण्डका विभिन्न ४ मोडेलका स्कुटरहरु बजारमा उपलब्ध छन् ।
R3
३००० वाट क्षमताको हब मोटर जडित यो मोडेलमा ६० भोल्ट २६ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध रहेको छ । जसलाई एकपटकको फुल चार्जमा करिब १३० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,८०,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. ३,५९,००० मा उपलब्ध हुनेछ ।
R3 Pro
४००० वाट क्षमताको साइड मोटर जडित यो मोडेलमा ७२ भोल्ट ३२ एएचका डबल लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १८० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ५,३०,००० तथा सिंगल बेट्रीमा रु. ४,३०,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ५,०९,००० र ४,०९,००० मा उपलब्ध हुनेछ ।
Vax
३००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ७२ भोल्ट २० एएचका लिड एसिड बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब ६० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य रु. २,०१,००० राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा रु. १,८०,००० मा उपलब्ध हुनेछ
E-retro star
२००० वाट क्षमताको मोटर जडित यो मोडेलमा ४८ भोल्ट २६ एएचका लिथिएम बेट्री प्याक उपलब्ध हुनेछ । जसलाई एकपटकको फुल चार्जमा करिब १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यो स्कुटरको मुल्य डबल बेट्रीमा रु. ३,३४,००० र सिंगल बेट्रीमा रु. २,३५,००० मुल्य राखिएको छ । जसलाई मनसुन अफर अन्तर्गत छुट गर्दा क्रमशः रु. ३,१३,००० र २,१४,००० मा उपलब्ध हुनेछ ।









