‘पठाओ’को कालो बजारीप्रति नेविसंघको आपत्ति

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०६:३५

मोइबाल एप्समार्फत चार पाङग्रे सवारीसाधनबाट यात्रुहरुलाई सेवा दिइरहेको ‘पठाओ’को कालो बजारीप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। बिहीबार नेविसंघ, प्राविधिक विद्यार्थी परिषद्‌ले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हो।

विज्ञप्तिमा भनिएको छ,’ हालसालै केही ट्‍याक्सी सेवा प्रदायक एप कम्पनीहरुसँग हाकाहाकी बढी पैसा लिएर कालोबजारी गरेको कार्यप्रति नेविसंघको ध्‍यानाकर्षण भएको छ।’ यसका साथै नेविसंघले यातायात व्‍यवस्था विभागले यस्तो एप तर्फबाट ट्‍या्सी व्‍यावसाय गर्नका लागि मिटरमा निश्‍चित रकम लिनु पर्नेमा चार सय प्रतिशतभन्दा धेरै रकम असुल्‍ने पठाओलाई कारबाहीको माग गरेको छ।

संघले यस्ता प्रकारका एप्सहरुलाई कानूनी दायरामा ल्याउन र कानुनको मातहतमा जनतालाई सेवा दिँदै आएको ट्‍याक्सी व्‍यावसायीहरुलाइ न्‍याय दिलाउन समेत माग गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*