बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः के–के भए निर्णय ?

जनपत्र
१४ श्रावण २०८०, आईतवार १८:४५

हेटौंडा । बामती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकारमातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको हो।

बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्नेसमेत निर्णय गरेको छ। स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए। यसैगरी बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

बागमती प्रदेश सरकारले आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको बैठकले श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*