काम नगर्ने ४७ निर्माण कम्पनी कालोसूचीमा

जनपत्र
३१ श्रावण २०७६, शुक्रबार ०६:३३

अधिकांश विकास निर्माणका काम ठेकेदार कम्पनीकै लापरवाहीका कारण अलपत्र पर्ने गरेको सरकारी तथ्यांकमै छ । काम नगर्ने त्यस्ता ठेकेदार कम्पनी विरुद्ध सरकार कठोर बनेको छ । हालसम्म ४७ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरीद अनुगमन कार्यालयले ४७ निर्माण तथा मालवस्तु आयात गर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । निर्माण कार्यमा लापरबाही गरेपछि ती कम्पनी कालोसूचीमा परेका हुन् । कम्पनीहरुले तोकिएको जिम्मेवारी पूरा नगरेको र विकास निर्माणको काममा बेवास्ता गरको सरकारी ठहर छ ।

सार्वजनिक खरीद ऐन २०६३ को दफा ६३ को उदफा १ बमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्ने अधिकांश पूर्वाधार निर्माणतर्फका कम्पनी रहेका छन् । निर्माण व्यवसायीहरुको छाता संगठन पनि सरकारले काम गर्ने वातावरण बनाउँदासम्म काम नगर्ने कम्पनीलाई कालोसूचीमा राख्नुपर्ने बताउँदै आएको छ ।

गत आर्थिक बर्षदेखि काम नगर्ने निर्माण कम्पनीको संख्यामा बृद्धि भएको सार्वजनिक खरीद अनुगमन कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार अघिल्ला बर्षहरुमा १२ वटा कम्पनी कालोसूचीमा परेपनि गत आर्थिक बर्षमा ४५ र चालु आर्थिक बर्षमा ७ वटा कालोसूचीमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*