मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

जनपत्र
१४ श्रावण २०८०, आईतवार ११:२९

काठमाडौं । लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*