महिला विश्व कप : दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै

जनपत्र
१४ श्रावण २०८०, आईतवार १०:१४

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दैछन् ।

आज हुने पहिलो खेलमा बिहान सवा १० बजे समूह ‘एच’ का दक्षिण कोरिया र मोरक्कोबीच खेल हुनेछ ।

त्यस्तै, समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा स्विट्जरल्यान्ड र न्युजिल्यान्ड दिउँसो पौने १ बजे खेल्नेछन् । अर्को खेलमा समूह ‘एच’ का जर्मनी र कोलम्बियाबीच दिउँसो सवा ३ बजे खेल हुनेछ ।

हिजो भएका खेलमा स्विडेनले इटालीलाई ५–० गोलले, फ्रान्सले ब्राजिललाई २–१ गोलले र जमैकाले पानामालाई १–० गोलले हरायो । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*