माओवादी उपाध्यक्ष भुसाल भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

जनपत्र
१३ श्रावण २०८०, शनिबार ०६:४८

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल ६ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी छन् ।

उनको नेतृत्वको ५ सदस्य टोली शुक्रवार राति स्वदेश फर्किएको हो ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा साउन ७ गते भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली भारत गएको थियो ।

उपाध्यक्ष भुसालले भाजपा अध्यक्ष जगतप्रकाश नड्डासँग पार्टी मुख्यालयमा भेटवार्ता गरेकी थिइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनका लागि पहल गर्न भाजपा अध्यक्ष नड्डासँग आग्रह गरेकी थिइन् ।

अध्यक्ष नड्डासँगको भेटवार्ता फलदायी र ऐतिहासिक भएको उपाध्यक्ष भुसालले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*