स्वीकृत नलिइ पार्क बनाउँदा ३८ लाख भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दर्ता
मुगुको छायाँनाथ रारा नगरपालिकामा वनको जग्गामा स्वीकृती नलिइ पार्क बनाउन खोज्दा ३८ लाख भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँ मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललित जंग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अनुसन्धानबाट जिल्ला वन कार्यालयबाट पार्क बनाउन अनुमतिसमेत नलिई उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० पेश्की दिएकोमा चार लाख खर्च भए पनि बाँकी रहकम कामै नगरी लिएको भन्दै आयोगले मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुन बहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशर बहादुर रावल, तत्कालीन इन्जिनियर महेश सिंह कठायत र तत्कालीन असिस्टेन्ट सवइन्जिनियर हस्त बहादुर मल्लविरुद्ध मुद्दा दर्ता भएको छ।
त्यस्तै उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध पनि मुद्दा दायर भएको छ।







