जुलाई महिनाको तापक्रमले तोड्यो रेकर्ड : अहिलेसम्मकै गर्मी भएको वैज्ञानिकको दाबी

जनपत्र
१२ श्रावण २०८०, शुक्रबार ०७:११

सन् २०२३ को जुलाई महिनाको तापक्रमले रेकर्ड तोडेको छ । आज जुलाई २८ तारिख भएको छ । अझै केही दिन बाँकी रहेकाले वैज्ञानिकहरुले यो वर्षको जुलाई महिना अहिलेसम्मकै बढी गर्मी हुने दाबी गरेका हुन् ।

वैज्ञानिकहरुले सन् २०१९ को कीर्तिमान तोड्नेगरी गर्मी भएको दाबी गरेको बीबीसीले खबरमा लेखेको छ । आगामी दिनको तापक्रमको पूर्वानुमान गर्दै वैज्ञानिकले यस्तो दाबी गरेको खबरमा उल्लेख गरिएको छ ।

जीवास्म इन्धनको प्रयोग बढ्दै जाँदा विश्वभर तापक्रम पनि बढेको दाबी वैज्ञानिकको रहेको खबरमा उल्लेख छ । विश्वमा लगातार गर्मी बढीरहेको छ । वैज्ञानिकले यो महिना विगत एक लाख २० हजार वर्षमा सबैभन्दा बढी गर्मी हुने बताएका थिए । पछिल्लो समय विश्वको तापक्रमले नयाँनयाँ रेर्कड बनाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*