एसियाली खेलकुदमा नेपालबाट २ सय ३४ जना खेलाडी

जनपत्र
१२ श्रावण २०८०, शुक्रबार ०७:०३

चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ३४ जना खेलाडी सहभागी हुने भएका छन् ।

ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीवार भएको १९ औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य–सचिव टङ्कलाल घिसिङले नेपालले दुई सय ३४ जना खेलाडी सहभागी गराउने जानकारी दिनुभयो ।

सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा नेपालको सहभागिताका लागि २४ करोड रुपैयाँ माग गरेकोमा २१ करोडको सहमति प्राप्त भइसकेको र बाँकीका लागि प्रयास भइरहेको बताउनुभयो । उहाँले आवश्यक पर्ने खेल सामग्रीको तुरुन्त विवरण तयारी गरी प्रक्रिया अगाडि बढाउन सचिवालयलाई निर्देशन दिनुभयो ।

१९ औँ एसियाली खेलकुद आउँदो असोज ६ गतदेखि शुरु हुँदैछ ।

तस्बिर : राखेप

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*