पूर्णिमा श्रेष्ठद्वारा विश्वकाे दाेस्राे सर्वाेच्च शिखर ‘माउन्ट केटु’ काे आराेहण
काठमाण्डाै – फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेकाे विश्वकाे दाेस्राे सर्वाेच्च शिखर ‘माउन्ट केटु’ काे आराेहण गर्नुभएकाे छ ।
‘माउन्ट केटु’ काे आराेहणपछि श्रेष्ठले आफूलाई शुभकामना दिने र आफ्ना लागि प्रार्थना गर्ने सबैलाई बधाई दिनुभएकाे छ ।
‘माउन्ट केटु’ आराेहणका लागि सबैभन्दा कठिन हिमालमध्ये एक हाे । काराकोरम हिमशृङ्खलामा पर्ने ‘माउन्ट केटु’ आठ हजार छ सय ११ मिटर अग्लाे छ ।
श्रेष्ठले छ वर्षअघि पर्वतारोहणको यात्रा सुरु गर्नुभएकाे हाे । उहाँले नेपालमा रहेका आठ हजार मिटरमाथिका सात वटा शिखर आरोहण गरिसक्नुभएकाे छ ।







