नेदरल्यान्ड्समा ३ हजार वटा कारले भरिएकाे जहाजमा आगलागी, १ जनाकाे ज्यान गयाे

जनपत्र
११ श्रावण २०८०, बिहीबार १०:२०

unn.prixa.net

नेदरल्यान्ड्समा तीन हजार वटा कारले भरिएकाे एउटा कार्गाे जहाजमा आगाे लागेकाे छ । नेदरल्यान्ड्सकाे तट नजिक जहाजमा आगाे लाग्दा एक जनाकाे ज्यान गएकाे एक जना घाइते भएका समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ ।

तटरक्षक बलले मङ्गलवार राति जर्मनीबाट इजिप्ट गइरहेकाे जहाजमा आगाे लागेकाे बताएकाे छ । जहाजमा आगाे लागेपछि चालक दलका केही सदस्य समुद्रमा कुदेका थिए ।

तटरक्षक बलले जहाजमा आगाे लाग्नुकाे कारण अहिलेसम्म पत्ता नलागेकाे बताएका छन् । नेदरल्यान्ड्सकाे नाैसेनाले जहाज डुब्ने आशङ्का बढ्दै गएकाे बताएकाे छ ।

जहजमा आगाे लागेपछि एउटा हेलिकप्टरकाे सहयाेगमा चालक दलका २३ जना सदस्यलाई बाहिर निकालिएकाे खबरमा उल्लेख छ । अहिले जहाजमा लागेकाे आगाे निभाउने प्रयास भइरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*