प्रहरीका वरिष्ठ हवल्दार १ लाख घुससहित पक्राउ

जनपत्र
११ श्रावण २०८०, बिहीबार ०७:०८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ ।

खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सिंहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकम र स्रोत नखुलेको नगद ६२ हजार ५१५ रुपैयाँसहित काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ वासिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*