बानेश्वरबाट १७ जना लघुवित्त पीडित पक्राउ

जनपत्र
१० श्रावण २०८०, बुधबार १५:०९

काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोज्ने १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।

पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेका छन् । पक्राउ परेकाहरुलाई भृकुटी मण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*