जङ्गली च्याउ खाँदा नवलपरासीमा २ जनाको ज्यान गयाे

जनपत्र
१० श्रावण २०८०, बुधबार १४:५६

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लीला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा ज्यान गएकाे बताउनुभयो । उनीहरूले गएकाे शुक्रवार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ ।

जङ्गली च्याउ खाएकामध्ये ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली पनि बिरामी भएकामा उनीहरू उपचारपछि निको भएका छन् । बिरामी भएका लीला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । उनीहरूकाे गए राति ज्यान गएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*