हेटौंडा बेलडाडाँको गुम्बामा ५ दिने बिश्वशान्त्ती र फुर्वा पूजा हुने

जिग्देन शिव छेतरलिङ बौद्ध गुम्बाको संरक्षण तथा स्तररोन्नत्तीको लागि बिश्वशान्त्ती र फुर्वा पूजा हुने भएको छ ।
हेटौंडा ५ बेलडाँडामा रहेको जिग्देन शिव छेतरलिङ बौद्ध गुम्बामा असोज १४ गतेबाट १८ गतेसम्म बिश्वशान्त्ती पूजा र फुर्वा पूजा हुने भएको छ । आज बिहिबार गुम्बा व्यवस्थापन समिति अध्यक्ष डोल्मा स्याङ्बोको सभाध्यक्ष तथा गुम्बाको प्रमुख लामा लरिन दोर्जे लामाको प्रमुख आथित्यमा भएको भेलाले गुम्बाको स्तरोन्नत्ती र दिगो संरक्षणका लागि बिश्वशान्त्ती र फुर्वा पूजा गरिने भएको पूजा मूल आयोजक समिति संयोजक डोल्मा स्याङ्बोले जानकारी दिनु भयो ।
भारतको देहरादुनबाट आउनुहुने ज्ञान बज्र रोम्पोर्छे नेतृत्वको १२ जना लामाहरुको टोली र त्यही गुम्बामा रहेको लामा आनिहरुले बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रबचन र वाङ अभिषेक गर्नु हुने स्याङ्बोले जानकारी दिनु भयो ।
बिश्वशान्त्ती र फुर्व पूजा सम्पन्न गर्न डोल्मा स्याङ्बोको संयोजकत्वमा उनान्तिस सदस्यिय मूल आयोजक समिति गठन भएको छ भने ६ वटा उपसमिति रहेको उनले तामाङ गुठीका निवर्तमान अध्यक्ष अक्कल सिंह लामाले बताए । लामा गुरु लारिन दोर्जे सिंतान लामाको संयोजकत्यवमा ५ सदस्यिय अथिर्क उपसमिती, रमेश कुमार थिङको संयोजकत्यवमा ४ सदस्यिय प्रचारप्रसार उपसमिति, सोमलाल गोले संयोजकत्यवमा ३ सदस्यिय पाहुना व्यवस्थापन उपसमिति, जानकी जिम्बा संयोजकत्यवमा ९ सदस्यिय भोजन व्यवस्थापन उपसमिति, बाबुलाल रुम्बा संयोजकत्यवमा ३ सदस्यिय मञ्च व्यवस्थापन उपसमिति र लरिन डोल्मो लामाको संयोजकत्यवमा ४ सदस्यिय पूजा व्यवस्थापन उपसमिति गठन भएको छ ।