हेटौँडा एफएमले १२ औँ तिजगीत महोत्सव गर्ने

जनपत्र
३० श्रावण २०७६, बिहीबार ११:०२

हेटौंडा । हेटौँडा ९६ दशमलव ६ एफएमले १२ औँ तिजगीत महोत्सव तथा तिजगीत प्रतीयोगीता गर्ने भएको छ । महिलाको महानपर्व हरितालिका तीजमा मौलीक संस्कृतीको जगेर्ना गर्न विगतका वर्षहरुमा जस्तै यसबर्षपनी तीजगीत महोत्सव तथा तिजगीत प्रतीयोगीता गर्न लागीएको हो ।

जिल्लाको गाउँ गाउँमा लुकेर रहेका प्रतिभालाई उजागर र्ने उदेस्यले कार्यक्रम गर्न लागिएको हो । गितका माध्यमले बषौ देखिका महिला हिंसा तथा अन्य प्रकारका समस्या समेत गितका माध्यमले उजागर गर्ने उदेस्यले कार्यक्रम गर्न लागीएको हेटौंडा एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाईले जानकारी दीनुभयो । यस बर्ष भदौ १६ गते  तिजको ब्रतको दिनमा हेटौँडा ४ स्थीत भुवनेश्वर पशुपती मन्दीर प्राङगणमा तिजगीत महोत्सव तथा तिजगीत प्रतीयोगीता गर्न लागीएको चौलागाईले जानकारी दिनुभयो ।

विहान १० वजेदेखी ४ बजेसम्म चल्ने महोत्सवमा विभीन्न राष्ट्रिय कलाकारको सहभागीता रहनेछ । तिजगीत प्रतीयोगीतामा सहभागी हुनका लागी समुह बनाई निशुल्क रुपमा हेटौँडा ४ कमलडाडामा रहेको एफएमको कार्यालयमा नाम दर्ता गराउन सकिने प्रबन्ध निर्देशक चौलागाईले बताउनुभयो ।

प्रतीयोगीतामा प्रथम हुने समुहले १५ हजार नगद सहित प्रमाणपत्र, दोस्रो हुने समुहले १० हजार नगद सहित प्रमाणपत्र तोस्रो हुने समुहले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । मौलीक तीजगीतलाई प्राथमीकता दीईने प्रतीयोगीतामा उत्कृष्ट नृत्य गर्ने एक जनालाई विगतका बर्षमा जस्तै चाँदीको पाउजु दीईने एफएम व्यवस्थापनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*