एमालेमा सातमध्ये ६ वटा प्रदेश अधिवेशनको मिति तोकियो

एमालेले गण्डकीबाहेक अरु प्रदेशको अधिवेशन आगामी १५ असोजभित्र गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो।
जनपत्र
९ श्रावण २०८०, मंगलवार १६:०८

एमालेले आगामी १५ असोजभित्र सम्पन्न हुने गरी ६ वटा प्रदेशको अधिवेशन मिति तोकेको छ। एमालेले गण्डकीबाहेक अरु प्रदेशको अधिवेशन आगामी १५ असोजभित्र गर्ने गरी समयतालिका सार्वजनिक गरेको हो।

एमाले संगठन विभागका अनुसार लुम्बिनीको १६–१७ भदौ, कोशीको ५–६ असोज, बागमतीको ८–९ असोज, मधेसको ५–६ असोज, लुम्बिनीको १६–१७ भदौ, कर्णालीको २९–३० भदौ र सुदूरपश्चिमको २२–२३ मा हुने गरी प्रदेश अधिवेशन तोकिएको हो।

राधाकृष्ण कँडेलको नेतृत्वमा मूल कमिटी र अरू उपसमिति बनाएर अधिवेशनको तयारी भइरहेको एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए।

विधानमा एमालेका प्रदेश कमिटीको कार्यकाल ४ वर्षको हुने व्यवस्था भए पनि दुई वर्ष नपुग्दै अधिवेशनको मिति तोकिएको हो। एमालेले यसअघि ८ माघ २०७८ मा सात वटै प्रदेशमा एकै दिन अधिवेशन गरेको थियो। जिल्ला र वडा अधिवेशन पनि एमालेले एकै दिन सम्पन्न गरेको थियो।

दुई महिना चलेको मिसन ग्रासरुट अभियानको रिपोर्टअनुसार प्रदेश अधिवेशन तोकिएको अधिकारीको भनाइ छ। एमाले प्रदेश कमिटी सात वटै प्रदेशमा करिब ४ देखि साढे ५ सयसम्मको संख्यामा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*