महिला विश्वकप : जर्मनीले मोरक्कोलाई ६ गोलले हरायो, २ गोल आत्मघाती उपहार

जनपत्र
८ श्रावण २०८०, सोमबार १७:२३

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबल २०२३ मा जर्मनीले माेरक्काेलाई फराकिलाे अन्तरले हराएकाे छ ।

आज साेमवार अस्ट्रेलियाकाे मेलबर्न स्टेडियममा भएकाे खेलमा जर्मनीले माेरक्काेलाई ६–० गाेलले हरायाे । जर्मनीका लागि एलेक्जेन्ड्रा पाेपले २ तथा क्लारा बुल र ली स्कुलरले १/१ गाेल गरिन् ।मोरक्कका खेलाडीले दुई वटा आत्मघाती गोल गरे । याे जितसँगै समूह ‘एच’ मा रहेकाे जर्मनीले ३ अङ्क जाेडेकाे छ ।

आजै न्युजिल्यान्डकाे इडेन पार्कमा भएकाे खेलमा इटलीले अर्जेन्टिनालाई १–० गाेलले हरायाे । यस्तै बेलुकी पौने ५ बजे ब्राजिल र पनामा खेल्दैछन् ।

आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*