मकवानपुरको निमित्त प्रहरी प्रमुखमा कार्की
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी टेक बहादुर कार्कीलाइ दिइएको छ । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेब गौतमको अनिवार्य अबकास भएपछी निमित्त प्रमुखको जिम्मेवारी प्रहरी नायब उपरिक्षक कार्कीले प्राप्त गर्नु भएको हो ।
प्रहरी प्रधान कार्यालयले जिल्लामा सरुवा गरेर प्रहरी उपरिक्षकलाई नपठाउनजेल सम्म निमित्तको जिम्मेवारी कार्कीले पाउनु भएको हो । हिजोबाट गौतमको अबकास भएपछी आजबाट कार्कीले जिम्मेवारी सम्हाल्नु भएको छ ।
अबकास प्राप्त गर्नु भएका गौतमलाई हिजोनै बिभीन्न क्षेत्रबाट बिदायी गरिएको छ । मकवानपुरमा प्रहरी प्रमुखको रुपमा कसलाई पठाउने भन्नेकुरा प्रहरी प्रधान कार्यालयले निर्णय गरिसकेको छैन ।







