महिला विश्वकप : नेदरल्यान्ड्सले पाेर्चुगललाई हरायाे
फिफा महिला विश्वकप फुटबल २०२३ मा नेदरल्यान्ड्सले पोर्चुगललाई हराएको छ ।
आज आइतवार न्युजिल्यान्डको फर्सिथ बार स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले हरायो । नेदरल्यान्ड्सका लागि खेलको १३ औँ मिनेटमा स्टेफेन भानले गरेको गोल नै निर्णायक भयो । यो जितसँगै समूह (ई) मा रहेको नेदरल्यान्ड्सले ३ अङ्क जोडेको छ ।
यस्तै आजै भएको समूह (जी) को खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई हरायो । त्यस्तै अहिले समूह ुएफु मा फ्रान्स र जमैकाबीच खेल भइरहेको छ ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।







