धादिङ र कैलालीबाट लागूऔषधसहित आठ जना पक्राउ

जनपत्र
७ श्रावण २०८०, आईतवार १४:०५

दुई जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन्।

धादिङ, गल्छी गाउँपालिका-७ बुद्वपार्कस्थित सडकबाट लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नवलपरासी सुनवल नगरपालिका-१२ बस्ने ३६ वर्षिय ईन्द्र बहादुर डाला मगर र १९ वर्षीय आशिष विक रहेका छन्। प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनीहरूलाई गाडीको प्रतीक्षा गरिरहेको अवस्थामा उक्त गाँजासहित पक्राउ गरेको हो।

यसैगरी धादिङ, बेनिघाट गाउँपालिका-५ बिशालटारबाट लागूऔषध गाँजा करिब ६ केजीसहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२० मालेपाटन बस्ने २० वर्षिय भुमिजङ खड्का, धादिङ निलकण्ठ नगरपालिका-६ घर भई पोखरा न्युरोड बस्ने २८ वर्षीय सुमन लम्साल र ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई पोखरा लेकसाइड बस्ने ३४ वर्षीय विकास बस्नेत रहेका छन्। प्रहरी चौकी बेनिघाटबाट खटिएको प्रहरीले ग।१८ प ७११३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-३ व्यारेलबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने ३७ वर्षीय बिरेन्द्र खड्कासमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*