सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घट्यो

जनपत्र
७ श्रावण २०८०, आईतवार ११:२८

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर तोलामा एक लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको बिहीवार सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि लगातार घटेको छ ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको भाउ शुक्रवार तोलामा एक हजार चार सय ८० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*