पुल र सुरुङको डिजाइनविनै सेनाले फास्ट ट्रयाकको अनौठो डिपिआर बनाएको खुलासा

जनपत्र
३० श्रावण २०७६, बिहीबार ०६:११

फास्ट ट्रयाकका लागि सेनाले सरकारलाई बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नै अधुरो भएको खुलेको छ। प्रतिवेदनमा पुल र सुरुङको डिजाइन नै समावेश छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन्।

पुल र सुरुङको डिजाइनविनाकै अधुरो र अनौठो डिपिआर स्वीकृत गर्न सेनाले सरकारलाई ताकेता गरिरहेको छ। तर, सरकार भने विगत साढे चार महिनादेखि अलपमलमा परिरहेको छ। अपुरो डिपिआर बनाउँदा पनि सेनाले लगानी भने एक खर्ब एक अर्ब थपेको छ। यसअघि एक खर्ब १२ अर्बमा बन्ने भनिएको फास्ट ट्रयाकका लागि दुई खर्ब १२ अर्ब लाग्ने प्रतिवेदन सेनाले दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*