माछा मार्न आफैले थापेको जालमा परेर डुब्दा पाल्पामा एक जनाको ज्यान गयो

जनपत्र
६ श्रावण २०८०, शनिबार १४:०६

पाल्पा – पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २, फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी चौकी हुँगीले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा पाडेमगरको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*