११ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

जनपत्र
६ श्रावण २०८०, शनिबार ०७:४८

दाङको तुलसीपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । तुलसीपुर उपमहानगरपालिका–११ की ११ वर्षीया बालिका घरमै बलात्कृत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घरमा कोही नभएको मौका छोपी २८ वर्षीय छिमेकी युवकले साउन २ गते राति बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बालिका स्वास्थ्य चौकीमा जाँच गराउन गएपछि मात्रै घटना बिहीबार सार्वजनिक भएको प्रहरीले बताएको छ । आरोपीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।इकान्तीपुरबाट साभार ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*