सांसदहरूको असन्तुष्टिः समितिका सभापति चयन नभएसम्म बैठक बस्न बन्द गराैँ

जनपत्र
५ श्रावण २०८०, शुक्रबार १४:१६

संसदीय समितिहरु लामो समयदेखि नेतृत्वविहीन बन्दा त्यसले पारेको प्रभावलाई लिएर सांसदहरुले नै कडा टिप्पणी गर्न थालेका छन् ।

शुक्रबार बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले सभापति चयन नहुँदासम्म समितिको बैठक नै बस्न बन्द गनुपर्ने व्यङ्ग कसिन् । उनले संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिमा उठेका कुराको अपनत्व हुन नसकेको धारणा समेत राखिन् ।

उनले भनिन्, ुसमितिको सभापति चयन नभएर धेरै समस्या भयो, किन ढिलो भयो रु हाम्रा पूर्वसभामुखलाई थाहा होला, समिति सभापति नभएसम्म बैठक बन्द गर्दिऊँ, लिगेसी भएन, हामीले सभापतिलाई भन्थ्यौं ।ु

सभामुखले कार्यतालिका ननिकाल्ने हो भने समिति आफैंले सभापति चयनको प्रक्रिया थाल्नुपर्ने उनको भनाइ छ ।

यस्तै, धारणा कांग्रेसका सांसद सुनिल शर्मालेसमितिको सभापति कसले बनाउने नै थाहा नभएको बताए । उनले भने, ‘हामी संसदमा आउँछौं, समितिको सभापति कसले बनाउँछ थाहा छैन! हामी असक्षम भएजस्तो देखियौं, त्यसैले एउटा समय तोकेर सभापति चयन गरौं ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि समितिको सभापति चयनमा पहल थाल्न ढिला भइसकेको र सभापतिको लागि पहल गर्नुपर्ने बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*