हेटौंडाकी क्यान्सर पीडित बालिका रेणुलाई नयाँ पाइलाको नगद सहयोग

जनपत्र
२९ श्रावण २०७६, बुधबार १८:५८

हेटौंडा / समृद्ध नेपालको लागि नयाँ पाइलाले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु दमाईलाई आर्थिक सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ की रेणु दमाईलाई संस्थाले नगद ५५ हजार १३५ रुपैया सहयोग गरेको हो ।

समृद्ध नेपालको लागि नयाँ पाइलाले न्युज क्लब नेपालमा आज पत्रकार सम्मेलन गरि सहयोग रकम हस्तान्तरण गरेको हो । संस्थाकी कोषाध्यक्ष सहनशील ढकालको संयोजकत्वमा गठित रेणु दमाई बचाउ अभियानले विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम बिरामीका दाजु राजन दमाईलाई हस्तान्तरण गरेको हो । रेणुको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*