भारतमा एनडीए विरुद्ध ‘इन्डिया’ उत्रिने, भाजपाले थाल्यो एनडीए बलियो बनाउने अभियान

जनपत्र
४ श्रावण २०८०, बिहीबार १६:५७

एजेन्सी । आगामी वर्ष भारतमा हुने आम चुनावमा सत्तारुढ भारतीय जनता दल र प्रमुख प्रतिपक्षी भारतीय कंग्रेस नेतृत्वको गठबन्धनबीच भिडन्त हुने भएको छ ।

भाजपाको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)विरूद्ध कंग्रेसले आफ्नो पहलमा प्रतिपक्षी दलहरूलाइ एकीकृत गर्ने अभियान स्वरुप भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन इन्डिया घोषणा गरेको छ ।

बेंगलुरूमा भेला भएर कंग्रेसले २६ पार्टीलाइ समावेश गर्दै इन्डिया गठबन्धको घोषणा गरेको हो । भाजपाविरूद्ध खरो उत्रिनका लागि र भारत र भारतीय जनताको बचाउका लागि इन्डिया गठबन्धनको घोषणा भएको भारतीय कंग्रेसका नेता राहुल गान्धीले बताएका छन् ।

‘भाजपाविरुद्ध खरो उत्रिँदै भारतको अवधारणा र भारतीय जनताको आवाज र हकको रक्षार्थ गठबन्धन घोषणा भएको हो। भारत फेरी एकीकृत हुनेछ र ‘इन्डिया’ विजयी हुनेछ ।’

बेंगलोरमा भएको पहिलो बैठकमा कंग्रेस नेतृत्वको गठबन्धमा १५ पार्टीमात्रै समावेश हुन खोजेका थिए । दोस्रो चरणको बैठकमा संख्या बढेको हो ।

क्षेत्रीय र राष्ट्रिय रूपमा विभाजित प्रतिपक्षी गठबन्धनको हाल लोकसभामा १४३ सिट छ । यो संख्या सत्तारूढ गठबन्धनको भन्दा आधा कम हो ।

गत मार्चमा भारतीय कंग्रेसका नेता राहुल गान्धीले मोदी थरको अपमान गरेको भन्दै उनीमाथि भाजपाका सांसदले फौजदारी मुद्दा दर्ता गरेका थिए । अदालतले तल्लो तहको अदालत र उच्च अदालत दुबैले गान्धीले फौजदारी अभियोग गरेको फैसला गरेपछि उनको सांसद पद गुमेको थियो ।

सत्तारुढ भाजपाले प्रतिपक्षीमाथि ज्यादती बढाउन सक्ने भन्दै भाजपाविरुद्ध प्रतिपक्षी गठबन्धनमा संगठित हुने संख्या बढिरहेको छ ।

इन्डिया गठबन्धनको आधिकारिक वक्तव्यमा भनिएको छ- ‘भाजपाले भारतको गणतन्त्रविरुद्ध बारम्बार व्यवस्थित ढंगले आक्रमण गरिरहेको छ । हामीले संविधानमा निहित भारतको अवधारणाको रक्षा गर्ने संकल्प लिएका छौँ ।’

गठबन्धनले साझा राजनीतिक तथा आर्थिक नीति ल्याउँदै महँगी र बेरोजगारी हटाउन केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेको छ । अल्पसंख्यकहरू प्रतिको दमनको एजेण्डा, सबैभन्दा ठूलो लोकतन्त्रमा देखा पर्दै गएको लोकतान्त्रिक संकट र सत्तारूढ दलभन्दा पृथक विचारधारा राख्ने माथिको राजनीतिक प्रहार लगायतका एजेण्डाका कारण प्रतिपक्षीहरू भाजपाविरूद्ध संगठित हुन थालेका हुन् ।

‘हामीले सत्तारुढ दलको घृणाको राजनीतिको अन्त्य, अल्पसंख्यहरूप्रतिको अत्याचार, महिलाहरूप्रति बढ्दै गएको दुर्व्यवहार, कश्मिरी पण्डित, आदिवासी, किसान र सबै किसिमको उत्पीडन अन्त्यका लागि एकजुट भएका हौँ,’ उनीहरूको  संकल्पमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*