मकवानपुरका स्थानीय तहको अनुगमन प्रभाबकारी बनाइदै
हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले चालु आर्थिक वर्षमा मकवानपुरका १० वटै स्थानीय तहको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । पालिकाहरुद्धारा सम्पादित कार्यहरुको स्थालगत अनुगमनलाई प्रभावकारी बनाउनुका साथै नदिजन्य पदार्थहरुको अनुगमन कार्यहरुलाई पनि अझ व्यवस्थित र कडाईका साथ नियमन कार्यलाई अघि बढाईने तयारी गरिएको हो । स्थानीय तहले गरेका काम, नदिजन्य पदार्थको उत्खनन् लगायतका बिषयमा अझै प्रभावकारी अनुगमन गरिने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
खेलकुदले मानिसलाई मनोरञ्जन दिने, स्वास्थ्य बनाउनेर र अनुशासित पनि बनाउने भएको हुंदा सवैको सहयोगमा अन्तरजिल्ला स्थानीय तह खेलकुद प्रतियोगिता आयोजना गरी खेल क्षेत्रको सर्वाड्ढिण विकासमा सहयोग पु¥याउने योजना बनाइएको छ । जिल्ला समन्वय समितिले गरेका गतिविधि, स्थानीय तहहरुद्धारा सम्पादिन कार्यहरु र सूचना/तथ्याड्ढ तथा अभिलेखलाई एककीकृत गरी मकवानपुर नामक पुस्तक प्रकाशनलाई निरन्तरता दिईने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिको मौज्दात कोष संचालन निर्देशिकाले तोके अनुसार आगामी बर्षहरुमा पनि स्थानीय तहहरुसंगको लागत साझेदारीमा कार्यक्रम संचालन गर्ने कार्यलाई निरन्तरता दिईने योजना बनाइएको छ । समन्वय, सूचना, विषयवस्तु आदन प्रदान जस्ता विषयहरुमा आपसी छलफल गरी निर्णयमा पुग्न सहज हुने र सद्भाव र सहकार्यको संस्कार विकास गर्न मद्दत पुग्ने हुंदा प्रत्येक महिनाको २५ गते आयोजना गरिने स्थानीय तह समन्वय बैठकलाई निरन्तरता दिईने प्रमुख खुलालले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकासका लागि स्थानीय तहसंग समन्वय गरी आवश्यकताको सिद्धान्तमा आधारि विभिन्न तालिम, प्रशिक्षण, अनुशिक्षण तथा अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु संचालन गरिने तयारी पनि गरिएको छ ।
भ््मण वर्षलाई प्रभावकारी बनाउन काम गर्ने योजना रहेको बताउँदै उहाँले भन्नुभयो–‘पर्यटन विकासको माध्यमद्धारा प्रकृतिको संरक्षण, स्वरोजगार सिर्जना र आर्थिक विकासमा सहयोग पु¥याउन नेपाल सरकारले नेपाल भ्रमण बर्ष भिजन २० तयार गरेको हुंदा उक्त कार्यलाई सफल बनाउन सरोकार पक्षहरु सवैसंग समन्वय र सहकार्य गरिनेछ ।’
मकवानपुर जिल्लाको समग्र क्षेत्रको सूचना तथा अभिलेखहरुलाई व्यवस्थित बनाई राख्न कार्यालयमा सूचना तथा अभिलेख केन्द्रको स्थापना गर्ने उहाँले बताउनुभयो । आ–आफ्नो अधिकार प्रयोगमा संघ, प्रदेश र स्थानीय तह बीचको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संस्कारको अभिबृद्धि गर्दै समन्वय र सहजिकरणलाई अझ व्यवस्थित गर्दै लगिने योजना बनाइएको छ ।
सहयोगापेक्षि सडक मानव मुक्त अभियान, खुल्ला दिशामुक्त जिल्ला अभियान, पूर्ण साक्षर जिल्ला, पूर्ण खोप सुनिश्चत जिल्ला जस्ता अभियानहरुको विषयमा सरोकार पक्षहरुबीच छलफल तथा अन्तरक्रिाय गरी प्रभावकारी बनाएर काम गरिने भएको हो । सामाजिक समावेशि, लैगिक संवेदनशीलता, बालमैत्री स्थानीय तह, मानव बेचबिखन मुक्त समाज, बाल विवाह मुक्त स्थानीय तह र भ्रष्टचार सून्यसहनशीलता जिल्ला निर्माणको लागि समन्वय र सहजिकरण गरिने समन्वय समितिको तयारी छ ।
स्थानीय तह र सरोकारवालाहरुसंगको समन्वय र साझेदारीमा जलवायु अनुकुलन कार्यक्रमहरु संचालनमा उच्च प्राथमिकता साथ समन्वय र सहिजकरण गरिने उहाँले बताउनुभयो । जिससको आफ्नै प्रशासकीय भवनको अभाव रहेको हुंदा संघीय र प्रदेश सरकारसंग समन्वय गरी उपयुक्त स्थानमा भवन निर्माण कार्यलाई अगाडी बढाईने भएको छ ।
लागु औषधलाई मर्यादित, व्यवस्थित र न्यूनिकरण गर्नका लागि विविध कार्यक्रमहरुको पहिचान र कार्यान्वयनमा जोड दिईने प्रमुख खुलालले बताउनुभयो । विभिन्न क्षेत्रका विद्वान, विज्ञ, राजनीतिज्ञ, सामाजिक व्यक्ति, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु र स्थानीयको विकासमा विशिष्ट अनुभव र योगदान पु¥याउने व्यक्ति र संस्थाहरुलाई सम्मान गर्दै जाने नीतिलाई निरन्तराता दिईने उहाँले बताउनुभयो ।