प्रदेश ३ को आर्थिक मन्त्रालयले प्रि फ्याब भवन निर्माण गर्ने

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०७:३१

हेटौंडा । प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयलाई भवन अभाव भएपछी प्रि फ्याब भवन निर्माण गर्न लागिएको छ । अहिले भईरहेको भवन साघुरो र सबै कर्मचारी र आवस्यक सामाग्री राख्नका लागि ठाउँको अभाव भएपछी प्रि फ्याब भवन निर्माण गर्न लागिएको हो ।

अहिले भईरहेको भवनमा पानी चुहिने, साघुरो भएका कारण मन्त्रालय अगाडीको खानेपानी डिभिजन र खानेपानी व्यावस्थापन बोर्डको जग्गामा प्रि फ्याब भवन निर्माण गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो । यो भवन तत्काल निर्माण गर्न र अहिलेको समस्या समाधान गर्ने तयारीमा जुटीएको हो ।

मन्त्रालयले ४० लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागेको हो । तत्काल ठुलो प्रकृतिको भवन निर्माण गर्नका लागि जग्गा अभाव, भएका जग्गा पनि अरु सरकारी कार्यालयको नाममा भएपछी अस्थायी रुपमा प्रि फ्याब भवन निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*