व्यापारी हत्याको योजना बनाउने ‘सार्पसुटर’ सहित तीन कारागार चलान

विराटनगरका खाद्यान्न व्यापारी जितु भनिने जितेन्द्र रायको हत्या गर्ने योजना बनाएर नेपाल छिरेका भारतीय ‘सार्पसुटर’ सहित तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
‘सार्पसुटर’ भारत सीतामढीका १९ वर्षीय कुनालकुमार सिंह, विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता र सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झालाई थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए। उनका अनुसार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजालसले आदेश दिएसँगै तीनै जनालाई विराटनगरको हाटखोलास्थित मोरङ कारागार चलान गरिएको छ।