पैसा लिएर डिग्रीको नक्कली सर्टिफिकेट बेच्दै ‘श्रीराम इन्टरनेसनल’

शिक्षा माफियाहरुको दबदबा जनकपुरधाममा समेत रहेको छ। जनकपुरधाममा सञ्चालनमा रहेको एउटा ईन्स्टिच्युटले अबैध रुपमा डिप्लोमाको कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई ठग्दै आएको खुलासा भएको छ।
जनकपुरधाममा सञ्चालित श्रीराम इन्टरनेसनल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले अवैध रूपमा डिप्लोमा कक्षा सञ्चालन गरी विद्यार्थी ठग्दै आएको कुराको खुलासा भएको छ। विद्यार्थीलाई जसरी भएपनि शतप्रतिशत परीक्षामा उत्तीर्ण गराउने ग्यारेन्टी लिने प्रतिबद्धता जनाएको कुरा बाहिर आएपछि उक्त अबैध काम बाहिर आएको छ।