सप्तरीमा आगलागी, ५ घर जलेर १० लाखको क्षति

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०७:१०

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३, सकरपुरामा आगलागी हुँदा ५ घर जलेका छन्। आगलागीमा महन्थी मुखियाका ३ र देवीलाल मुखियाका २ वटा घर जलेर करिब १० लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ।

आगलागीमा घरभित्र रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको गाउँपािलकाको विपद् जोखिम न्यूनीकरण अधिकृत राजेश कुमार झाले बताए। आगलागिको कारण खुलेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*