एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दै

जनपत्र
३ श्रावण २०८०, बुधबार ०६:३३

एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि।सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।

समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*