करोडौं लागतमा झापामा पानीको नयाँ उद्योग

झापामा करोडौंको लगानीमा सरकारले तोकेको मापदण्ड अनुसारको पानी उद्योग सञ्चालनमा आएको छ। गएको असार १४ देखि झापालगायत पूर्वका बजारमा पाउन थालिएको पानीे गर्मी बढेसँगै माग पनि बढेको उद्योग सञ्चालकले बताएका छन्।
पूर्वपश्चिम राजमार्गको पाडाजँुगी दक्षिण दुई किलोमिटर दुरीमा रहेको सो उद्योगबाट प्रदेश नम्बर एकमै अत्याधुनिक मेसिनद्वारा प्रशोधन गरिएको पानी उत्पादन हुने गरेको छ। दमक–१ का भविन्द्र भण्डारीले ११ करोडको लागतमा ईष्ट्रन फुड एण्ड बेभरेज कम्पनी दर्ता गरेर ‘बेला’ नामक पिउने पानी बजारमा ल्याएका छन्। उनले यसअघि कपी उद्योग सञ्चालन गर्दै आएका थिए।
कम्पनीले उत्पादन गरेको पानी यतिबेला झापाकै बजारमा खपत हुने गरेको सञ्चालक भण्डारीलले बताए। उनले भने, ‘हाम्रो उद्योगको उत्पादन क्षमता दैनिक ३ हजार कार्टुन हो। तर, विद्युत लगायतका कारणले आधामात्र उत्पादन हुने गरेको छ।’