अन्ततः सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

जनपत्र
२९ श्रावण २०७६, बुधबार ०६:५४

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा प्रदान गरेको छ ।  मंगलबार भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले केहीबेरमा बोलाएर भिसा दिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०१९ खेल्न जानका लागि उनले अमेरिकाको भिसा अप्लाइ गरेका थिए ।

तर काठमाडौंमा रहेको अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेपछि सन्दीपले हेल्लो सरकार र प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्विट गरेका थिए । त्यसको केहीबेरमा उनलाई बोलाएर भिसा दिएको हो । शिवाकोटीका अनुसार सन्दीपलाई अन्तर्वार्ता लिने दूतावासका अधिकारीले क्रिकेट नबुझेको र ‘मिस कम्युनिकेसन’ भएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*