जोकोभिचलाई स्तब्ध पार्दै अल्कारेज च्याम्पियन

जनपत्र
१ श्रावण २०८०, सोमबार ०६:३७

विश्व नम्बर १ स्पेनी खेलाडी कार्लोस अल्कारेजले नोभाक जोकोभिचलाई पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा पराजित गर्दै आइतबार विम्बल्डन २०२३ को उपाधि जितेका छन् । अल इंग्ल्यान्ड कोर्टमा भएको फाइनलमा अल्कारेज १–६, ७–६ ९८र६०, ६–१, ३–६ र ६–४ ले विजयी रहे ।
पहिलो सेट गुमाएयता २० वर्षीय अल्कारेजले उत्कृष्ट पुर्नआगमन गर्दै पाँचौं तथा अन्तिम सेटमा खेल जितेका हुन् । उनले विम्बल्डनको उपाधि जितेको यो पहिलो पल्ट हो । उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले गत वर्ष यूएस ओपनको उपाधि जित्दै नम्बर १ स्थान कब्जा गरेका थिए ।

यस्तै अल्कारेज आधुनिक समयको टेनिसमा विम्बल्डन जित्ने तेस्रो सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् । यसअघि सन् १९८५ मा १७ वर्षमा बोरिस बेकर तथा सन् १९७६ मा २० वर्षको ब्योन बर्गले विम्बल्डन जितेका थिए । हारले डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगिता खेलिरहेका ३६ वर्षीय जोकोभिचको कीर्तिमानी सफलताको सपना भने समाप्त भएको छ ।

जोकोभिच भने सेन्टर कोर्टमा लगातार पाँचौं विम्बल्डन जित्ने अभियानमा थिए र यससँगै उनी कीर्तिमान २४ औं ग्रान्ड स्लाम उपाधि जित्ने संघारमा थिए । तर उनको सपना पूरा हुन सकेन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*