हेटौंडामा तीन दिने ‘सृजनशील उद्यमी मेला’ हुँदै

हेटौंडा । हेटौंडाको पल्पसा हलमा आउँदो भदौ ५ देखि ७ गते सम्म ‘श्रृजनशील उद्यमी मेला’ सञ्चालन गरिने भएको छ । मकवानपुर महिला उद्यमी व्यावसायी संघ एवम महिला श्रृजनशील केन्द्र काठमाण्डौको आयोजनामा तीन दिनको मेलागर्न लागिएको हो ।
आयोजकले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै महिलाहरुले गरेका उत्पादनलाई बजार सम्म ल्याउने उदेस्यले मेलागर्न लागिएको जानकारी दिएको छ । मकवानपुर महिला उद्यमी व्यावसायी संघका अध्यक्ष सुशीला पाण्डेले आज पत्रकार सम्मेलन गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ, घर घरमा रोजगारीको अवसर श्रृजना गरौ भन्ने मुल नारा सहित मेलागर्न लागिएको जानकारी दिनुभयो ।
मेलामा ५० वटा बिभीन्न थरीका स्टलहरु राख्ने तयारी छ । मेलामा २५ देखि ३० हजार जना सर्बसाधरणले अवलोकन गर्ने र ३० लाख रुपैयाँ सम्मको कारोवार गर्ने लक्ष राखिएको संघका सल्लाहकार सर्मिला डंगोलले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले महिलाहरुको प्रयासबाट गर्न लागिएको मेलालाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । यस्ता मेलाको प्रवर्दन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।